सिरियाली फौजलाई प्रत्याक्रमण गर्ने टर्कीका राष्ट्रपतिको चेतावनी


टर्कीका राष्ट्रपति रेसेप तयप एर्दोगानले सिरियाली सुरक्षा फौजलाई आक्रमण गर्ने चेतावनी दिनुभएको छ । आफ्नो देशका सुरक्षाकर्मीहरुलाई सिरियाली सुरक्षाकर्मीहरुले आक्रमण गरेमा वा दुःख दिएमा आफूहरुले पनि आक्रमण गर्ने उहाँले चेतावनी दिनुभएको हो । सिरियाको इदलिब प्रान्तमा केही दिनदेखि दुई देशका सुरक्षाकर्मीका बीचमा विवाद तथा सङ्घर्ष चलिरहेको बेला राष्ट्रपतिकै चेतावनी आएको हो । “यदि हाम्रा सुरक्षाकर्मीलाई असर पर्ने कुनै गतिविधि भयो भने हामी सहेर बस्ने छैनौँ, हामी उनीहरु विरुद्ध कडा रुपमा आक्रमणमा उत्रिन्छौँ,” उहाँले भन्नुभयो । संसद्मा आफ्ना सदस्य भएका नेताहरुलाई एउटा बैठकमा सम्बोधन गर्दै उहाँले सिरियालीहरुको आक्रमण सैह्य हुन नसक्ने बताउनुभयो । उहाँले विद्रोहीको सशक्त उपस्थिति र प्रभाव रहेको इदलिबमा गरिएको युद्ध विराम अन्त्यका लागि थप १२ वटा निगरानी चौकी स्थापना गर्न सिफारिस पनि गरिसक्नु भएको छ । टर्कीका सुरक्षाकर्मीविरुद्ध फेरी अर्को आक्रमण भए कुनै सङ्कोचबिना टर्कीका सुरक्षाकर्मीहरुले सिरियाका सुरक्षाकर्मीहरुलाई आक्रमण गर्ने उहाँको भनाइ छ । उनीहरुले स्थल तथा हवाई दुवै माध्यमबाट आक्रमण गर्नसक्ने उहाँले बताउनुभयो । –––

प्रतिक्रिया दिनुहोस