सरकारका दुई वर्षे कामकारबाहीबारे प्रमले सदनलाई सम्बोधन गर्नुहुँदै


काठमाडौँ, फागुन २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधि सभामा सम्बोधन गर्नुहुने भएको छ । सरकारका दुईवर्षे कामकारबाहीबारे सदनलाई जानकारी दिन प्रधानमन्त्रीले सम्बोधनको समय माग गर्नुभएको हो ।
प्रतिनिधि सभा सचिव गोपालनाथ योगीले शुक्रबार दिउँसो २ बजेको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्नुहुने जानकारी दिनुभयो । वर्तमान सरकार बनेको फागुन ३ गते दुई वर्ष पूरा हुने भए पनि शनिबार परेका कारण शुक्रबार नै प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्नुभएको हो । गोर्खापत्रवाट

प्रतिक्रिया दिनुहोस