थापाको कडा ट्विट ‘ संविधान संशोधन विधेयकलाई वार्गेनिङ गर्ने मौका ठानी पार्टिगत एजेण्डा अघिसार्नु ठिक होइन’


काठमाडौं, २१ जेठ । राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ट्विट गर्दै संविधान संशोधन विधेयकलाई वार्गेनिङ गर्ने मौका ठानी पार्टिगत एजेण्डा अघिसार्नु ठिक होइन’ भन्नुभएको छ ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न ल्याएको संविधान संशोधन विधेयक दर्ता गरेसकेपछी कांग्रेसका आठ सांसदहरुले मंगलबार गैरसकारी विधेयकका रुपमा प्रदेशको सीमाना हेरफेर, नागरिकता, भाषा र राष्ट्रिय सभाको प्रतिनिधित्वको विषयमा संविधान संशोधनको विधेयक दर्ता गराएपछी थापाको ट्विट आएको बुझ्न सकिन्छ ।

थापाको ट्विट गर्दै भन्नुहुन्छ :सार्वभौम अखण्डता सम्बन्धि प्रतिकात्मक बिषयको संविधान संशोधन विधेयकमा सिंगो राष्ट्र एकजुट रहेको स्पष्ट सन्देश दिनुपर्छ।निशानछाप संशोधन सरकारको मात्र सरोकारको विषय होइन।यसलाई ‘वार्गेनिङ’ गर्ने मौका ठानि पार्टिगत एजेण्डा अघिसार्नु ठिक होइन।त्यसकोलागि अरुबेला प्रस्ताव पेशगर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस