मुख्यमन्त्री पोखरेलको कडा स्टाटस “नेपालले जे गर्छ त्यो कसैको उक्साहटमा गर्छ भन्ने भारतीय दृष्टिकोण अपमानजनक”


नेकपा प्रभावशाली नेता एवं स्थायी समिति सदस्य तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपालले जे गर्छ त्यो कसैको उक्साहटमा गर्छ भन्ने भारतीय दृष्टिकोण अपमानजनक रहेको बताउनु भएको छ । हिजो राती सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै उक्त कुरा बताउनु भएको हो ।

केही भारतका नेता,सञ्चार माध्यम र नेपालका केही राजनीतिक बिष्लेषकले निरन्तर नेपालविरूद्ध प्रहार गरिरहेपछी मुख्यमन्त्रीको सो स्टाटस आएको अनुमान गर्न सकिन्छ ।

मुख्यमन्त्री पोखरेलको स्टाटस ” भारतले जे गर्छ आफ्नो विवेकले गर्छ र नेपालले जे गर्छ त्यो कसैको उक्साहटमा गर्छ भन्ने भारतिय दृष्टिकोण अमैत्रीपूर्ण र अपमानजनक छ।

प्रतिक्रिया दिनुहोस