नेकपा विवाद : सहमतिको प्रयास फेरी असफल


काठमाडौँ, १ साउन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवादित विषय सल्टाउन दुई अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सम्पन्न भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो १२ बजेदेखि शुरुभएको त्रिपक्षीय वार्ता २ बजे सम्पन्न भएको छ ।

बार्तामा प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्छ भन्ने कुरा प्रचण्ड र माधव नेपालले राखेपछी अध्यक्ष ओलीले पार्टी एकता गर्दा कायम रहेको अध्यक्ष र प्रधानमन्त्री पद त्याग्ने कुरा संभव छैन भन्ने कुरा राखेपछी सहमतिको प्रयास फेरी असफल भएको छ ।

यसअघिसम्म दुई अध्यक्षबीच एक्लाएक्लै वार्ता भएपनि बिहीबार पार्टीको आन्तरिक विवादको विषयलाई लिएर तीन नेताबीच वार्ता भएको हो ।

साउन २ गते (भोलि) शुक्रबार नेकपाको स्थायी कमिटी बैठक बस्दैछ ।

प्रतिक्रिया दिनुहोस