बल्झीयो देशको राजनिती ,समाधान के ?


गोमा भुसाल पाण्डे

भनिन्छ संस्कार हामीलाई अनुशासनमा बाध्ने हतियार हुन् तर त्यही हतियारले हामीलाई चोट दिन्छ भने त्यसलाई कि त व्यवस्थित गरेर राख्नु पर्यो कि त आफुबाट टाढा फ्याक्नुपर्यो । भनाईको मतलव संस्कार पुरै छोड्न नसके पनि परिमार्जन गर्न त सकिन्छ नि ।

आज आएर हेर्दा राजनितीक पार्टीका मुखीयाहरु पुरानै संस्कारमा रूमलिरहेका छन् ,जमाना कहाँबाट कहाँ पुग्यो ,समयानुसार विचार र व्यवहार परिवर्तन हुनु पर्नेमा उल्टै विचारहरु बर्षौं पहिलाकै भुमरीमा मडारीरहेका छन्,जमाना फेरियो ,पार्टी नयाँ नयाँ बन्दै गए ,जनताका विचार परिवर्तन भए तर नेताका विचार जहाँ को त्यही रहे,समयले अग्रगामी छलांग मागिरहेको छ,आजको देशको आवश्यकता पनि यहि हो तर यहाँ देश जनतासँग मतलव राख्ने नेता कोहि भएन । केवल दाउ पेचमै राजनिती घुमिरह्यो । यसो गर उसो गर मेरै तुम्बा भर भनेजस्तै देखिएको छ । वर्तमान प्र.म के पी शर्मा ओली एक निडर ,साहसी योद्दा हुन् यसमा दुईमत छैन तर अलिकति जिद्दी र अदूरदर्शिता यिनको अवगुण नबनोस ,चतुर स्वभावका प्रचन्ड कति खेर कता घुम्छन् यिनको भित्री मन घडीको सेकेन्ड सुई जस्तै घुमीरहन्छ ! माधवकुमार नेपाल जबरजस्ती हिरो बन्ने दाउपेच खोज्दै हिड्छन् यो सम्भव छैन, बामदेव लालीपप खाँदैछन कतिखेर सकिन्छ या त खादाखादै भुईमा खस्ने हो अनि खुट्टा फाल्दै रुन थाल्ने हुन् थाहा छैन ।

यता बाबुराम बेमौसमी बाजा फुक्दै हिड्छन्,बजारमा बाजावालाको प्रतिस्पर्धा चलीरहेको बेला समयानुसारको बाजा नबजे कसले खोज्ने हो त्यो बाजावालालाई,यहि पारा हो भने बर्षौं देखिको खेति खेर जान बेर लाग्दैन ।

विपक्षी पार्टी नेपाली कांग्रेस अहिले आएर केहि कुरामा केहि सक्रिय हुन लागेको भान हुन्छ ,तर नियतमा खोट प्रष्ट देखिन्छ ,हिजो त्यही बाटो आफुलाई अप्ठ्यारो लागेर ढलफलाउँदै पार गरेको भुलेर अहिले सत्तापक्षलाई त्यसो जाबो बाटोमा नि हिड्न नसक्ने भन्दै कटु शब्दका तिखा वाण प्रहार गर्दै हिड्छ ।

अबको समाधान र आवश्यकता के त?

जनताको अपार विश्वास पाएर दुई तिहाईको ईतिहासकै शक्तिशाली सरकार बनाउन सफल नेकपाका दुई मुखिया अत्यन्तै दुरदर्शी भएर आफ्ना वरिपरि का छायाहरुलाई एकिकृत गरि पुरानो विचार र व्यवाहारलाई सुधार गरेर एक निष्ठावान कम्युनिस्टको तरह पार्टी र सिंगो देशको स्वभिमान उठ्ने गरि लाग्न सके मात्रै भोलीका दिनमा नेकपा बच्न सक्छ हैन भने अब राम्रोलाई हाम्रो भन्ने जनताको विचारलाई कसैका चुनावी एजेन्डाले बदल्न सक्ने छैन।बेलैमा बुद्दी पुर्याएर नयाँ तरिकाले जनतालाई प्रत्यक्ष प्रभाव पर्ने गरि काम गर्न नसके अब नेपालमा पुराना पार्टीहरु ईतिहास बन्ने छन् नयाँ युगको सुरुवात हुनेछ /जेलनेलका ईतिहास विलिन् हुनेछन् नयाँ विचार र नयाँ योजनाका साथ अगाडी आउनेलाई मात्र जनताको साथ हुनेछ त्यसैले । अब अस्तित्व बचाई राख्न र देशलाई विकाशको चरम सिमामा पुर्याउन नेताहरु सुध्रीन जरुरी छ ।
—एक देशप्रेमी नागरिक

प्रतिक्रिया दिनुहोस