भैंसेपाटीमा वामदेवले ६ बुँदेबाट पछि हट्दिनँ भनेपछी युवा नेताहरू जिल्ल


काठमाडौं : नेकपा उपाध्यक्ष वामदेव गौतमलाई भेटन नेकपाका केही युवा नेताहरू हिजो बिहान भैंसेपाटी जानुभएको थियो । जानेमा ठाकुर गैरे,डा.दीपकप्रकाश भट्ट,रविन कोइराला,जीवनराम श्रेष्ठ,सुरेन्द्र मानन्धर,रामकुमारी झाँक्री आदी हुनुहुन्थ्थो ।

उहाहरूले ६ बुँदेबाट पछि हट्न गौतमलाई आग्रह गर्दै भन्नुभयो ‘ फेरि पनि केपी ओलीलाई बोकेर हिँड्ने ? के गर्नुभएको यो ? तपाईंले जे प्रस्ताव ल्याउनुभयो, त्यसमा हामी सहमत छैनौं। यो तपाईंले अगाडि सारेको प्रस्तावले पार्टीभित्रको समस्याको समाधान गर्दैन, पार्टी धेरै अगाडी गैइसक्यो ।

त्यसलाई गौतमले अस्वीकार गर्दै भन्नुभयो ‘मैले पार्टी अध्यक्ष बनाउदा ,सँसदीय दलको नेता बनाउदा ,प्रधानमन्त्री बनाउदा ओलीलाई मैले बोकेको छु , मैले कसैसँग सल्लाह गरेर ६ बुँदे प्रस्ताव ल्याएको होइन। पार्टी विभाजन हुन्छ कि भन्ने लाग्यो त्यसलाई जोगाउन यो प्रस्ताव ल्याएको हुँ ।

गौतमले भने, ‘तत्कालका लागि प्रस्तावबाट बाहिर जान्न , पछी पनि हट्दिन , बरु मलाई सहयोग गर्नुस्। नेताहरूलाई कन्भिन्स गर्न तपाईंहरूले पनि सहयोग गर्नुस्। अहिले पार्टी बोक्नुपर्‍यो। म माधव, प्रचण्ड, केपी कोही पनि बोक्दिनँ। म विचार निर्माण गरिरहने मान्छे, यो हुन्छ कि भनेर अगाडि बढाएको हो।

बिहान १० बजे देखी झन्डै १ बजेसम्म भैंसेपाटी उपाध्यक्ष गौतमसँग छलफल गर्दापनी केही नलागेपछी युवा नेताहरू जिल्ल परेर फर्कनु परेको थियो ।

प्रतिक्रिया दिनुहोस