केपी ओलीको विकल्प दोस्रो पुस्ता मात्रै


प्रधानमन्त्री केपी ओलीको बहिर्गमनका लागि पार्टी भित्रैबाट गरिएको दुष्प्रयासका झण्डै आधा वर्ष वित्न थाले । वामपन्थी सरकारको दरिलो उपस्थितिबाट अत्तालिएका देशीविदेशी प्रतिक्रियावादीहरूबाट भएका गोप्य योजना तथा राजनीतिक अस्थिरतामा स्वार्थसिध्दी गर्दै आएकाहरूको चाहनाबाट ओली सरकारका जरा नहल्लिएपछि त्यही रोग पार्टीभित्र सङ्क्रमण भएको सजिलै विश्लेषण गर्न सकिन्छ ।

एकातिर नेपाली जनताको राजनीतिक स्थिरताको चाहना अर्कातिर पूर्ण बहुमतसहितको वामपन्थी सरकारको आकाङ्क्षा यी दुवै कुरा पूरा हुने सुअवसर सामु विभिन्न चुनौती देखिनु अस्वाभाविक थिएन ; जसलाई पार्टीको एकीकृत तागतले परास्त गर्न सजिलै सक्नुपर्थ्यो र सक्थ्यो पनि ।

तर अनर्थ सरकार नयाँ संविधानअनुसार नयाँ संरचनाको व्यवस्थापनमै सीमित हुंदाहुंदै षड्यन्त्रका तानाबाना पार्टीभित्रै प्रवेश गर्नु नेपाली जनताको चाहनामाथिको गंभीर कुठाराघात हो।

इतिहासदेखि वर्तमानसम्मका केही छिट्फुट समय छोडेर नेपाली राजनीतिमा भारतीय प्रभूत्त्व रहंदै आएकोमा केपी ओलीको उदयपछि भारतीय प्रभूत्त्ववाद क्रमशः विरानो हुँदै गएको छ ।

यस परिस्थितिमा भारतीय हुण्डीमा हुर्किएको अराजक नेपथ्यशक्ति अविभावकविहीन जस्तै बनेको छ भने भारतीय पक्ष पनि ओली सरकालाई असफल तुल्याउनुमा आफ्नो ठूलो द्विग्विजय ठान्दै अन्तिम तागत प्रयोग गर्दै छ ।

यस्तो परिस्थितिमा सरकारलाई पार्टीभित्रैबाट असहयोग हुनुले गम्भीर राजनीतिक अपराध तथा वामपन्थी आन्दोलनको व्यापक विचलन पुष्टि गर्दछ र परिणामस्वरूप ओली सरकार बहिर्गमन भएमा नेपाल भारतीय पक्ष लगायत विदेशी प्रतिक्रियावादीहरूको आपराधिक हब बन्ने सुनिश्चित छ ,त्यसकारण पनि पार्टीको दोस्रो पुस्ताबाट वैकल्पिक नेतृत्व तयार नभई केपी ओलीको विकल्प सोच्नु पनि हुंदैन।

कृष्णबन्धु पौडेल
कीर्तिपुर ,काठमाडौ

प्रतिक्रिया दिनुहोस