नेपाली युवाहरूलाई राजनीतिको मलखाद हुनबाट रोक्ने ह्याउ भएका छौ कोही ?


केशव प्रसाद भट्टराई

@kpbnepal

नेपाली युवाहरूलाई राजनीतिको मलखाद हुनबाट रोक्ने ह्याउ भएका छौ कोही ? छौ कोही मुलुकको सम्वृद्धिको लागि यी विकृति विरुद्ध लडेर राजनीति गर्नसक्छु भनेर जन्मिएका ?

१. राज्यले नीति र कानुन लगायतका राम्रो भौतिक पूर्वाधार दियो भने मुलुकलाई सम्वृद्धि निजी क्षेत्रले मात्र दिन्छ ! राज्यले दिदैन !तर नेपाली राजनीति र कर्मचारीतन्त्र संसारकै सबैभन्दा बढी भ्रष्ट भएको देखिन्छ र उसैले मुलुकको सम्वृद्धिको बाटो छेकिरहेको छ !

२. गाउँ तहका राजनीतिक कार्यकर्ता र साना कर्मचारीदेखि सबैभन्दा माथिल्ला राजनीतिक, प्रशासनिक वा वित्तीय क्षेत्रका हाकिमहरूको सबै शोख, सुख-सुविधा निजी क्षेत्रका स्कूल कलेजदेखि औद्योगिक र व्यवशायिक प्रतिष्ठानले धानिदिनु पर्दछ ! मुलुकको प्राकृतिक साधन र स्रोत यिनीहरूको निजी विर्ता बनेको छ Iदलहरूका विद्यार्थी, युवा संगठन र ट्रेड युनियनहरू दलका नेताभन्दा पनि निर्लज्ज भएर त्यसमा सामेल भएको भुक्तभोगीहरू बताउँछन् ! नेता र कर्मचारीका छोराछोरी पढाउनेदेखि तिनको विवाह खर्च पनि निजी क्षेत्रले नै धानिदिनु पर्दछ ! सांसद र पार्टीका माथिल्ला तहका निर्वाचनदेखि निर्वाचन गाउँ र नगरपालिकाको निर्वाचनसम्ममा करोडौं – करोड खर्च गर्ने हैसियत उम्मेदवारहरूको कसरी भयो ? त्यही निजी क्षेत्रले दिन्छ ! आफ्नो मुनाफा भन्दा बढी उनीहरूकोलागि खर्च नगरी नेपालको निजी क्षेत्र बाँच्न सक्दैन !

३. ‘कसैले हाम्रो जीवन, व्यवशाय र सम्पत्तिको सुरक्षाको जिम्मा लिने हो भने हामी हरेकका पोल खोल्न सक्छौ’ उनीहरू भन्छन !

४. हो निजी क्षेत्रले नेपालका राजनीतिक दलहरूलाई र कर्मचारीहरूका माथि २ नं बुँदामा उल्लेखित खर्च जुटाउन जनतालाई लुट्छ ! एउटा ट्याक्सी चलाउन र एउटा रूटमा बस-मिनिबस चलाउन लाखौं तिर्नु पर्दछ ! सरकारले तोकेको सबै शर्त पुरा गरेर निजी क्षेत्रमा एउटा प्राथमिक विद्यालय खोल्न पनि त्यस्तै अवस्था छ ! तोकिएको क्राइटेरिया पुरा गरेपछि स्वत मेडिकल कलेज संचालन गर्ने अनुमति पाउने व्यवस्था हुने हो भने हामी वर्तमान मूल्यमा २५ प्रतिशतसम्म कम गरेर मेडिकल शिक्षा दिन सक्छौं एक कलेज संचालकले भने !दलहरूद्वारा पालित ट्रेड युनियनहरूका अवान्छित दवाव धान्न नसकेर दर्जनौ उद्योग धन्दा बन्द भएका छन् !पाइलै पिच्छे अपमान, लान्छना, तिरस्कार र घृणा खेप्न नसकेर उद्योग व्यवशाय बन्द गरेर बसेका पनि छन् !

५. निजी क्षेत्रको हित, सुविधा सम्मान र सुरक्षा सुनिश्चित गर राज्य सम्वृद्ध हुन्छ ! उनीहरूलाई कानुनद्वारा मात्र शासित हुने अवस्था बनाइदेउ असीमित रोजगारी र अवशरहरू उनीहरूले निर्माण गरिदिन्छन !

६. तर दशकौं दशकसम्म गरीव र सुकुम्बासीको नाउमामात्र राजनीतिमा बांचिरहेकाले मुलुकलाई सम्वृद्धि दिन चाहिरहेका छैनन् ! सबै सम्वृद्ध भए, स्वाभिमानी भए, आफ्नै क्षमता र पसिनाले सम्मानको रोजगारी पाउने भएपछि को ढुङ्गा हान्न, टायर बाल्न र छुरी र चेन बोकेर हिड्ने ? साना-ठूला नेता (???) हरूले आफ्नो राजनीतिको मलखाद कसलाई बनाउने ? युवाहरूलाई गुण्डागर्दी र अपराधमा संलग्न नगराई उनीहरू कसरी राजनीतिमा बाँच्ने ?

७. छन् कोही यी विकृति विरुद्ध राजनीति गर्नसक्छु भनेर जन्मिएका ? ——नेपाली युवाहरूलाई राजनीतिको मलखाद हुनबाट रोक्ने ह्याउ भएका छौ कोही ?

प्रतिक्रिया दिनुहोस