‘जबज’ को बाटोमा नहिडी कसैलाई सुख छैन


रूपेश खतिवडा

दुई दसक लामो नेपालको राजनीतिक आन्दोलनले “जबज” लाई सत्यापन गरिसकेको छ।

आज नेपालमा जुन परिवर्तन भएको छ,त्यसको मुर्त जग जबज नै थियो ।

यसको “एन्टिथेसिस”को रूपमा लेफ्ट वा राइट दुबैतिर बाट अगाडि सारिएका विभिन्न “वाद” ,” पथ “र मान्यता आज स्वयम् हरुबाटै बेवारिसे बन्न पुगेका छन ।

जनताको मत नै सर्बोपरी रहेको ठान्न सहमत हुदै बहुदलीय प्रतिस्पर्धा स्विकार्नु “जबज” को श्रेष्ठता स्थापित हुनु हो ।

तर तमाम लेफ्टिस्ट्सहरुको यो निष्ठा हो कि बाध्यता भन्ने परिक्षण हुन बाकी नै छ । तसैगरी नव उदारबादी प्रजातन्त्रलाई नै शाश्वत ठान्ने नेपाली काङ्ग्रेस सामाजिक न्याय सहितको प्रजातन्त्र मा आइपुग्नुले पनि जबज को प्रभावलाई सहजै अनुभुति गर्न सकिन्छ ।

अन्तमा जबज को नाम सँग जसको जतिसुकै दुश्मनी होस् ,आफुले बाढेको फोस्रा सपनाहरूको आत्मदाहाबाट बचाउन जबजको बाटो नहिडी कसैलाई पनि सुख छैन ।

तर यति हो कि ,अबको युवा पुस्ताको स्वतन्त्र मन मस्तिष्कले विवेक र चेतनाको प्रयोग गर्ने अबसर पाउनु पर्दछ ।जबज को अस्वीकार र भत्सर्नाले कम्जोर हैन थप परिस्कृत हुने अबसर प्राप्त गर्दछ।

प्रतिक्रिया दिनुहोस