मन्त्री भट्टराईको कडा ट्वीट ‘ व्यक्तिगत र व्यापारीक स्वार्थमा पशुपतिमा भइरहेको अतिक्रमणलाई स्विकार गरिने छैन ‘


पर्यटन सँस्कृति तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले व्यक्तिगत र व्यापारीक स्वार्थमा पशुपतिमा भइरहेको अतिक्रमणलाई स्विकार नगर्ने बताउनु भएको छ ।

उहाले सामाजिक सन्जाल ट्वीटरमा ट्वीट गर्दै उक्त कुरा बताउनु भएको हो ।

मन्त्री भट्टराई ट्वीट गर्दै भन्नुहुन्छ ‘पशुपती क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्वीक पक्षको संरक्षण र सम्बर्द्धन गरिने छ । स्थानीय जात्रा र पर्वको जगेर्ना गरिने छ ।ब्यक्तिगत र ब्यापारीक स्वार्थमा पशुपतीमाथि भाईरहेको मानब अतिक्रमणलाई भने स्वीकार गरिने छैन् । कुरा यहि हो ।सरकारले सबैसँग छलफल गरेर सहमति बनाउने छ’

पशुपति क्षेत्र विकास कोषले गुरुयोजना प्रस्ताव ल्याएपछी स्थानीयवासी एवं तीनै तहका जनप्रतिनिधिसँग सर सल्लाह नगरी दीर्घकालसम्म प्रभाव पार्ने काम भन्दै केही स्थानीयवासीले विरोध गर्नुभएको थियो ।

सङ्घर्ष समितिले हिजो पशुपति क्षेत्रमा आयोजना गरेको पत्रकार सम्मेलनमा सङ्घीय सांसद गगनकुमार थापा, वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य, काठमाडौँ महानगरपालिका–८ का अध्यक्ष दिनेशकुमार डङ्गोललगायतले कोष सञ्चालक परिषद्ले २०७६ माघ १९ गते पारित गरी मन्त्रिपरिषद्मा पेश गरेको गुरुयोजनाको विरोध गर्नुभएको थियो ।

सांसद थापाले जनप्रतिनिधिसँग सल्लाहसमेत नगरी ल्याइएको गुरुयोजना खारेजीको माग गर्दै कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई भेटेर स्थानीयवासीको समस्याका विषयमा अवगत गराउनु भएको थियो ।

पशुपति क्षेत्र विकास कोषले तयार पारेको गुरुयोजनामा प्राचीनकालदेखिको बस्ती नाश गर्ने, स्थानीयवासीका चाड पर्व, धर्म संस्कृति पनि नष्ट हुने पश्चिम ढोका भत्काउने, ब्रह्मनाल स्थानान्तरण गर्नेलगायतका विषय समेटिएको सार्वजनिक भएपछि जनप्रतिनिधिले विरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस