जोरपाटी–सुन्दरीजल सडक जीर्ण हुँदा सवारी आवागमनमा असहज


राजधानीको उत्तरपूर्वी भेगस्थित जोरपाटी–सुन्दरीजल सडक जीर्ण हुँदा सवारी आवागमनमा असहज अवस्था छ । बन्दाबन्दी खुले पनि सडकको अवस्थाकै कारण यहाँ बिरलै मात्र यातायात सञ्चालन हुने गरेको छ । काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले ठेक्का गरेको पाँच वर्ष पूरा भएपनि काम सकिएको छैन ।

प्रतिक्रिया दिनुहोस