भक्तपुरमा एक वर्षमा एक हजार ३०० मतदाता थपिए


भक्तपुरमा एक वर्षमा एक हजार ३०० मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयले नयाँ दर्ता मतदाता नामावली सार्वजनिक गर्दै २०७६ भदौ ८ देखि २०७७ असार ३१ सम्ममा एक हजार ३७१ नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकृत भीमबहादुर बिसीले जानकारी दिनुभयो । थपिएकामा महिला मतदाता ६७३ र पुरुष मतदातामा ६९८ छन् । नयाँं अद्यावधिक मतदाताको क्रममा जिल्लाबाट बाहिरी जिल्ला ठाउँ सार्न परेका निवेदन सङ्ख्या नौ, बाहिरी जिल्लाबाट भक्तपुर आउन परेका निवेदन ३९ र जिल्लाभित्र आन्तरिक अद्यावधिकका लागि परेका निवेदन सङ्ख्या १८ रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस