नेपालद्वारा मलेसियाविरुद्धको मैत्रिपूर्ण क्रिकेट शृंखला ‘क्लिनस्विप’


काठमाडौं : नेपालले मलेसियासँगको २ खेलको मैत्रिपूर्ण टी-२० क्रिकेट शृंखलामा कब्जा गरेको छ। हिजो शनिबार र आज आइतबार खेलिएका दुवै खेलमा जित हात पार्दै शृंखलामा कब्जा जमाएको हो।

मलेसियाविरुद्धको दोस्रो खेलमा नेपालले आइतबार मलेसियालाई ६ रनले पराजित गर्‍यो ।

क्वालालम्पुरको किनरारा एकेडेमी ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो ।
उसको सुरुवात भने राम्रो थियो । ओपनर भिरनदीप सिंह र शेयद अजिजले पहिलो विकेटका लागि ७५ रनको साझेदारी गरेका थिए । अजिजले ५० रन बनाउँदा सिंह २३ रनमा आउट भएका हुन् । यो साझेदारी टुटेपछि भने मलेसिया दबावमा आयो ।

नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले २-२ विकेट लिए भने करण केसी, अभिनाश बोहोरा र पारस खड्काले १-१ विकेट हात पारे

प्रतिक्रिया दिनुहोस