जोखना बिग्रीएपछि


प्रदिप भट्टराई , काठमाण्डौं बैशाख १ : साकेला नाच्न गएको जसे, एकाएक बेपत्ता हुन्छ । श्रीमान जसे नभएपछि सानो काखे बच्चाका साथमा धनसुवाका दिनहरु कष्टकर बित्छन् । एकातर्फ छोराको लालनपालन, अर्कातर्फ श्रीमान फर्किने आश र आफ्न्तबाट वारम्वार पाउने चोटले धनसुवाका कष्टकर जीवन लामो समय चिन्तामा विताएकि हुन्छिन, विरहमा आफ्नो पति सम्झिँदै भाका हाल्छिन् ,लामो समय उनका आँशु गीत बनेर बगिरहन्छ, धनसुवाको ।


‘हजुरकै काखमा बसी
धुरुधुरु रोईमा रोई
दुःखै कहुँला
दुःखै कहुँला सबै सुखै कहुँला’
समय दुःख वा सुख जे भएपनि बित्ने रैछ , यसैगरि धनसुवाको समय बित्दै जान्छ । नीचा पनि समय सँगै परिपक्व हुँदै जान्छ । लाहुर जान मन गर्छ । धनसुवाले छोरा निचालाई रोक्न खोज्छीन तर उ मान्दैन । आमालाई सुख दिने र राम्रो घर बनाएर राख्छु भन्छ, धनसुवाले सुख चाहिन्दैन भन्छीन तरपनि रोक्न सक्तिनन , ऊ आमालाई फर्केर आउने वाचा गरेर लाहुर जान्छ । धनसुवा एक्लो हुँदापनि जसेलाई सम्झेर दिन कटाउछिन । जसे आउने आश छोड्दिनन् धनसुवालाई लाग्छ छोडेर गएकाहरुको शरीर छुट्छ तर बिताएका पल र वाचा छुट्दैन । जसे फर्किने आशमा उसकै लागि स्विटर बुन्न छाड्दिनन् । स्वीटर बुन्नु र मुर्चुंगा वजाएर विरहका गाउनु धनसुवाको दैनिकी हुन्छ ।

दसकौं बितिसक्दा पनि जसे नआएपछि झांक्रीलाई जोखना हेर्न लगाउछिन धनसुवाले । जोखना हेरेपछि झांक्रीले जसे मरेको र हंश मरेको छैन भन्छ । जसेको हंश वरिपरि घुमीरहेको र मुन्धुमले उसलाई बाटो नदेखाइन्जेली उसको हंश जादैन बरु उसले गाउँलाई दुःख दिन्छ भन्छ ।
जोखनाले धनसुवा दुःखित हुन्छे, तरपनि जसे मरेको विश्वास गर्दिन । आफ्न्त र गाउँलेले जसे अब नरहेको निचोडमा निकाल्छन् । जसेको काजक्रिया गर्ने सल्लाह दिन्छन । सबै एकमत भएपछि अन्ततः धनसुवा पनि काजक्रिया गर्न राजी हुन्छे । मुन्धुमी संस्कृतिअनुसार जसेको काजक्रिया गरिन्छ ।

तर, जसेको काजक्रिया गरेको केहि समयपछि गाउँमा बाटो खन्दै रमाइलो सांगीतिक वातावरणका बीच जसे आइपुग्छ । अर्थात जोखाना बिग्रन्छ । ‘जोखना’ समाजको परम्परागत भ्रम हो । सशस्त्र युद्धले एउटा नागरिकको परिवारमा निम्त्याएको कष्ट र दुर्दशा कतिसम्म पीडादायी थियो ?यसले नेपाली समाजमा रहेको सामाजिक बनौट कसरी भत्काएको थियो ? बेपत्ता परिवारका दुःख कष्ट कतिसम्म दर्दानक थियो ? आफ्नो श्रीमान गाँउबाट हराएपछि एउटी महिलाले भोग्नु परेको साँस्कृतिक, सामाजिक र राजनैतिक नियतको यर्थात चित्रण हो जोखाना ।

यसका कथाकार वियस राई हुन । राईको ‘हिउँमाझी’ कथासंग्रभित्रको ‘जोखना’ कथामा आधारित भएर लेखिएको नाटक हो जोखाना । समाजमा समस्याहरु आउँछन । आफ्नै आर्दशमा टेकेर समाधान खोज्नु हरेक समाजको कर्तव्य हो । भ्रमयुक्त समाजका आदर्श भ्रमयुक्त नै हुन्छ । भ्रमयुक्त आर्दशमा टेकेर खोजिएको समाधानले कति प्रिय नतिजा ल्याउँछ ? यसको मनोदशा लेख्ने प्रयासमात्र हो जोखना,’ नाटकबारे कथाकार बोल्छन ।

राजन मुकारुङले कथालाई नाट्य रुपान्तरण गरेका हुन् । उनि भन्छन हाम्रो समाजको जोखाना बिग्रीएको छ । राजनीतिक सामाजिक साँस्कृतिक चेतहरु भडकिएका छन, हुनुपर्ने नभएर नहुनुपर्ने भईरहेको छ । अब के गर्ने प्रश्न गर्छन । कथालाई नाट्य रुपान्तरण गर्दा लेखनको मर्म शक्तिशाली छ । ठुल्ठुला कुरा नगरेर मसिना कुरावाट नै हाम्रो समयर्को मुन्दुम भन्ने’ अभिप्रायले राखिएको छ ।

किरण चाम्लिङ राइले नाटकको निर्देशन गरेका हुन । उनको निर्देशन गरेको यो दोस्रो नाटक हो । पहिलो नाटक ‘लाटो पहाड’बाट राईले रंगमञ्चमा आफ्नो बलियो उपस्थिति जनाइसकेका थिए । राई भन्छन अहिले पनि हामीले आफ्ने कुरा भनेनौं भने सायद कहिल्यै नभनिन सक्छ । हामीले हाम्रो धुन , मुल बिर्सियौ र त्यसको नियति सबैले भोग्दैछौं ।
नाटकमा प्रयोग भएको भाषा, भेषभुषा, सास्कृतिक चलन, लोकगीत, तथा मूल्यमान्यताहरुले यसलाई संस्कृति संरक्षणको कसीमा धेरै अगाडी ल्याएर खडा गरिदिएको छ ।
धागो किँराती जीवनपद्धतिसँग गाँसिएको छ । नाटक जोखनामा यसको सुन्दर ढंगबाट संयोजन गरिएको छ । अव खुल्दुली हुन्छ,काजक्रिया गरिसकेपछि आएको जसेले के गर्छ ? त्यसको लागि मण्डला थिएटरसम्म जानुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस