अर्थतन्त्रमा सुधारको संकेत ? निर्यात बढ्यो, व्यपार घाटा घट्यो


भन्सार विभागले सार्वजानिक गरेको तथ्यांक अनुसार आर्थिक बर्ष २०७६\७७ को पहिलो महिनामा अर्थतन्त्रमा सुधारका केहि संकेत देखिएका छन।

विभागले जारी गरेको तथ्यांकका आधारमा गत आर्थिक बर्षको पहिलो महिनाको तुलनामा यस आर्थिक बर्षको पहिलो महिनामा निर्यातमा २७.६८ प्रतिशतले बृद्धि भएको छ। गत बर्षको श्रावण महिनामा ६ अर्ब ९२ करोड बराबरका सामान निर्यात भएको थियो भने यस आर्थिक बर्षको पहिलो महिनामा ८ अर्ब ८३ करोड बराबरका सामान निर्यात भएकोछ। मुख्यत अलौची, जुटका सामान, सोयाविन तेल र पाम तेलको निर्यातमा बृद्धि भएकोछ।

व्यपार घाटा घट्यो

त्यसै गरि समिक्षा अवधिमा व्यपार घाटामा समेत कमि आएको छ। गत आर्थिक बर्षको पहिलो महिनाको तुलनामा यस आर्थिक बर्षको पहिलो महिनामा व्यपार घाटामा १३.९० प्रतिशतले कमी आएको छ। गत श्रावणमा कुल व्यपार घाटा १ खर्ब १३ अर्ब रहेको थियो भने यस आर्थिक बर्षको पहिलो महिनामा व्यपार घाटा ९७ अर्बमा झरेको छ। मुलत पेट्रोलियम पदार्थ, ह्येभी इक्युपमेट, चाँदी, गाडी, मोटरसाइकल, गाडीका सामान र हवाइजाहाजको आयातमा कमि आएसंगै व्यपार घाटामा कमी आएको हो।

स्रोत: भन्सार विभाग, अंक “०००” मा
प्रतिक्रिया दिनुहोस