सुनको मूल्य फेरि बढ्यो


लगातार केही दिन घटेको सूनको मूल्य सोमबार फेरि बढेको छ । सोमबार छापावाला सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर प्रतितोला ७१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सूनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

भदौ १९ गतेदेखि घट्न थालेको सुनको मूल्य ३ दिनमा २ हजार रुपैयाँले घटेर आइतबार ७१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस