जीवन बीमा गर्नेको संख्या बढ्यो


आर्थिक बर्ष २०७४/७५ को तुलनामा आर्थिक वर्ष २०७५/७६ मा जीवन बीमा गर्नेको संख्यामा २६ प्रतिशतले बृद्धि भएकोछ। आर्थिक बर्ष २०७५/७६ मा १२ लाख १ हजार ४६३ व्यक्तीले जीवन बीमा गरेका छन भने अघिल्लो आर्थिक बर्ष २०७४ /७५ मा यो संख्या ९ लाख ५३ हजार ७४९ थियो।

बीमा समितिले दिएको जानकारी अनुसार हालसम्म ५५ लाख ४४ हजार ९९८ अर्थात् १९ प्रतिशत नेपालीको जीवन बीमा रहेकोछ। अघिल्लो आर्थिक बर्षमा बीमाको पहुँच १४ प्रतिशतमा रहेको थियो। समितिका अनुसार आगामी आर्थिक बर्षमा बीमाको पहुँच २० प्रतिशत पुग्नेछ।

प्रतिक्रिया दिनुहोस