तस्विरमा संविधान दिवस – २०७६


संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ देशभर हर्सोउल्लासका साथ मनाइएको छ। उक्त अवसरमा देशका विभिन्न स्थानमा आयोजित कार्यक्रमका केहि तस्विरहरु:

काठमाडौँको टुँडिखेलमा आयोजित समारोहमा पुष्पवृष्टि गर्दै नेपाली सेनाको हेलिकोप्टर ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६’ लेखिएको व्यानर अङ्कित झण्डा प्रदर्शन गर्दै नेपाली सेनाको हेलिकोप्टर ।
संविधान दिवसका अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित समारोहमा नेपाली सेनाद्वारा दिइएको सलामी ग्रहण गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी।
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित समारोहमा मार्चपास गर्दै ।
संविधान दिवस कार्यक्रम सम्बोधन संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा मूल समारोह समितिद्वारा शुक्रबार काठमाडौँको टुँडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली ।
झण्डामय काठमाडौँको टुँडिखेल
काठमाडौँको टुँडिखेलमा उपस्थित सहभागीहरु हातहातमा झण्डा बोकेर आपसमा खुसीयाली मनाउँदै 
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा झण्डाबाट झण्डा बनाएर खुसीयाली मनाईंदै ।
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित समारोहमा सुदुरपश्चिम प्रदेशको हुड्केली नाच प्रस्तुत गर्दै । तस्वीर: नवीन पौडेल
प्रदेश १ को साकेला नाँच प्रस्तुत गरिँदै ।
प्रदेश नं २ को झिझिया नाच प्रस्तुत गरिदै
प्रदेश नं ३ को तामाङ सेलो प्रस्तुत गरिदैं ।
गण्डकी प्रदेशको गौरा नृत्य प्रस्तुत गरिँदै
प्रदेश नं ५ को थारु नृत्य प्रस्तुत गरिँदै ।
कर्णाली प्रदेशको मयुर नाच प्रस्तुत गर्दै
काठमाडौँको टुँडिखेलमा पञ्चेबाजा बजाउँदै महिला समूह ।
भ्रमण वर्ष २०२० को झाँकी प्रस्तुत गर्दै ।
संविधान दिवस: बुटवलमा आयोजित समारोहमा नेपाली सेनाले प्रदर्शन गरेको झाँकी ।
बुटवलमा आयोजित समारोहमा थारु समुदायले प्रदर्शन गरेको झाँकी ।
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा बागलुङमा आयोजित प्रभातफेरीमा सहभागी सुरक्षाकर्मी ।
संविधान दिवसका अवसरमा शुक्रबार धनगढीमा आयोजित समारोहमा चौधरी थारु समुदायको लोकप्रिय सखिया नृत्य प्रस्तुत गरिँदै ।
संविधान दिवसको अवसरमा तनहुँको दमौलीमा आयोजित ¥यालीमा नेपालको झण्डा सहित सहभागी सर्वसाधारण ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ का अवसरमा झापाको चन्द्रगढीमा आयोजित प्रभातफेरी
संविधान दिवस २०७६ को अवसरमा नुवाकोटको त्रिशूली बजारमा आयोजित प्रभातफेरीमा बट्टार लाखे नाँच ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा संविधान दिवसका अवसरमा अयोजित र्याली
प्रतिक्रिया दिनुहोस