महरालाई पक्राउ गर्न अदालतले दियो अनुमति


संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा शुक्रबार जाहेरी परेपछि प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो ।

प्रहरीको उक्त निवेदनपछि अदालतले आज पक्राउ पुर्जी जारी गरेको हो। न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो।

अदालतको पक्राउ पुर्जी जारे गरेसँगै महरालाई प्रहरीले नियन्त्रणमा लिने बाटो खुलेको छ।

प्रतिक्रिया दिनुहोस