यी श्लोक पढेर बडा दसैंको टीका–जमरा लगाइदिनुहोस्


आज बडादसैंको दिन आफ्ना मान्यजन तथा अग्रज अभिभावकबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा लगाउने चलन छ । आफूभन्दा ठूलाबाट दशैंमा टीका जमरा थाप्दा ठूलाबडाले दुईथरी श्लोक भन्ने चलन छ ।

पुरुषहरूका लागि
आयुर्द्रोणसूते श्रियो दशरथे शत्रुक्षयो राघवे ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने । दानं सूर्यसूते बलं हलधरे सत्यञ्च कुन्तीसूते विज्ञानं विदूरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।

महिलाहरूका लागि

जयन्ती मंगला काली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तुते ।

#बडादसैंकोश्लोक

प्रतिक्रिया दिनुहोस