प्रम ओलीले सर्वसाधारणलाई आज मात्र टीका लगाइदिनु हुने


प्रधानमन्त्री केपी शर्मा ओलीले बिजया दशमीकाे दिन मात्र देशबासीलाई टीका लगाइ दिनु हुने कार्यक्रम रहेकाे छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले दिनु भएकाे जानकारी अनुसार प्रम ओलीले पिताबाट टिका ग्रहण गरेपछि दिउँसो २ देखि ४ बजेसम्म शीर्ष नेता, मन्त्री,सांसद तथा विशिष्ट श्रेणीका राष्ट्र सेवकलाई टीका लगाइ दिनु हुनेछ। त्यसपछि अपरान्ह ४ देखि साँझ ७ बजेसम्म पार्टी कार्यकर्ता लगायतका सर्वसाधारणलाई टिका लगाइदिनु हुने कार्यक्रम रहेकाेछ।

प्रतिक्रिया दिनुहोस