सन २०१९ मा नेपालकाे अर्थतन्त्र ७.१ प्रतिशतले बढने


विश्व बैंकका अनुसार सन् २०१९ नेपालको आर्थिक बृद्धिदर ७.१ प्रतिशत रहेनेछ ।

हालै जारी गरेकाे विश्व बैंकले सार्वजनिक गरेकाे रिपोर्टका अनुसार सन् २०१९ मा सेवा क्षेत्रकाे बृद्धीदर ७.५ प्रतिशत रहनेछ भने अौधाेगिक उत्पादन ८.१० प्रतिशतले बृद्धी हुनेछ। यश क्षेत्रकाे बिगत ३० बर्षकाे अाैषत बृद्धीदर ५ प्रतिशत रहेकाेछ।

त्यसैगरि कृषि क्षेत्रकाे बृद्धीदर ५ प्रतिशत रहेनछ। कृषि क्षेत्रकाे बिगत ३० बर्षकाे बृद्धीदरकाे अौषत ३.१ प्रतिशत रहेकाेछ।

विश्व वैंकले आइतबार नेपालसहित सार्क क्षेत्रका मुलुकको आर्थिक वृद्धिदरको प्रक्षेपण सार्वजनिक गरेको हाे । उक्त प्रक्षेपणअनुसार दक्षिण एसियाली क्षेत्रमा सबैभन्दा बढी आर्थिक वृद्धिदर बंगलादेशको रहने छ भने दोस्रो स्थानमा नेपाल छ ।

प्रतिक्रिया दिनुहोस