एयरपोर्टमा तोडफोड गर्ने राजपा सांसद पक्राउ, ज्ञानेन्द्र शाही पनि पक्राउ पर्लान?


बुद्ध एयरको टिकट काउन्टर तोडफोड गरेका प्रतिनिधिसभा सांसद प्रमोद साहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गर्न पत्र काटेको केही घण्टाको अन्तरालमै सांसद साह त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।

सांसद साह पक्राउ परेको धनुषाका प्रहरी प्रमुख शेखर खनालले पुष्टि गरे । सांसद साहले पनि आफू पक्राउ परेको फेसबुक वालमा लेखेका छन् ।

भैरहवा एयरपोर्ट भित्रकाे सुरक्षालाई बेवास्ता गरि एयरपोर्ट र विमान भित्र हुलदंगा गर्ने ज्ञान बहादुर भनिने ज्ञानेन्द्र शाहीलाई माथि भने सरकारले कुनै मुद्दा चलाईएकाे छैन। बाहालवाला सांसदलाई पक्राउ गरेर कारबाही अघि बढाउने निर्णय गरेकाे सरकारले के अब शाहीकाे मुद्दालाई अघि बढाउला त?

प्रतिक्रिया दिनुहोस