परम्परागत सामग्रीको विक्रीले आम्दानी बढायो


राजनीति, समाजसेवा र अधिकारकर्मीको परिचय बनाउनुभएकी सुशीला पौडेल हिजोआज गाउँघरमा उत्पादित सामग्री खोज्न तल्लिन हुनुहुन्छ । उहाँले परम्परागत सामग्रीको सङ्कलन गरी बिक्री गर्न बिक्री केन्द्र स्थापना गर्नुभएको छ ।

पछिल्लो पुस्ताले बिर्सन लागेका परम्परागत समाग्रीहरु चिउरीको घिउ, सिन्की, मकै, कोदो, फापरको पीठो र सातु बिक्री केन्द्रमा राख्नुभएको छ । साल र मालुका पातको टपरी, टपरी गास्न आवश्यक पात, बाँसको सिन्का , बेसार, गाईको घिउ जस्ता सामग्री केन्द्रमा रहेका छन् । बरी (मस्यौरा), मुलाको चाना, पिँडालु, लट्टे पाप्रो सहित दैनिक पूजा आजामा प्रयोग हुने सामग्रीले केन्द्रमा पाईन्छ ।

उहाँले भन्नुभयो “रुकुम, रोल्पा, सल्यान र प्यूठानबाट कोदो, फापर, आटो, पीठो, सिन्कामारी खोजेर ल्याउने गर्छु , ”। उहाँले तरकारी, अचार मसला, मह, चुक, तील, फूल र दुबोको माला पनि माग अनुसार पु¥याइरहनु भएको छ । “मैले सीप भएर पनि बजार पाउन नसकेका महिलाको उत्पादनलाई उपभोक्तासम्म पु¥याउन केन्द्र स्थापना गरेको हुँ, ” उहाँ बताउनुहुन्छ ।“ हाते सीपको प्रयोग गरेर बुनेका स्वीटर, मकैको खोस्टोबाट बनाइएका चकटी, चोयाका सामग्री राख्ने सोच बनाएको छु,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस