साग फुटबलमा नेपाल च्याम्पियन


दशरथ रंगशालामा भएकाे दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा नेपालले भुटान माथि बिजय प्राप्त गरि च्याम्पियन बनेको छ।

मंगलबार दशरथ रंगशालामा भएको भुटानविरूद्धको खेलमा नेपालले २–१ को जित निकाल्दै स्वर्ण जितेको हो। नेपालका लागि खेलको १७ ‍औं मिनेटमा अभिषेक रिजालले सिक्सयार्ड बक्सभित्र मौका पाएपछि दाहिने खुट्टाले गोल हानेका थिए। खेलकाे ३७ औं मिनेटमा भुटानी कप्तान चेन्चो ग्याल्सेनले गोल फर्काएर बराबरीमा ल्याए। खेलको ५४ औं मिनेटमा सुनिल बलले गोल थपेका थिए। 

प्रतिक्रिया दिनुहोस