राष्ट्रपति पुटिन र असदबीच भेटवार्ता, सिरियामा जारी द्वन्द्व अब धेरै समय नरहने


रूसी नेता भ्लादिमिर पुटिन र सिरियाली राष्ट्रपति बसर अल–असदबीच मङ्गलबार राजधानी दमास्कसमा भेटवार्ता भएको छ ।

नेता पुटिन सिरियामा युद्ध जारी भएको नौ वर्षपछि पहिलो पटक दमास्कस पुग्नुभएको हो । भ्रमणका बिषयमा यस पहिले सार्वजनिक गरिएको थिएन ।

रूसी राष्टपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति पुटिनले सिरियाली समकक्षी अल–असदसँग दमास्कसस्थित रूसी सेनाको कार्यालयमा भेट गर्नुभएको छ ।” नेता पूटिनले सिरियामा जारी द्वन्द्व अब धेरै नरहने विश्वास आफूलाई लागेको पाएकोे उहाँका प्रवक्ता दिमित्री पेश्कोभले सञ्चारमाध्यमलाई बताउनुभयो ।

सिरियाको भूमिलाई केन्द्र सरकारको नियन्त्रणमा ल्याउने बृहत् यात्रा अब करिब अन्त्यतिर पुगेको असदले पुटिनलाई बताउनुभएको रूसी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस