उपसभामुख तुम्बाहाङ्फेले राजिनामा दिने


उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजिनामा दिने हुनु भएको छ । स्रोतका अनुसार नेकपाले सभामुखको उम्मेदवार तोकेपछी उहाले राजिनामा दिनु हुनेछ ।

आइतबार १ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको थियो । सो बैठकले सभामुख चयन प्रक्रिया अघि बढाउने कार्यतालिका सार्वजनिक गर्नुपर्ने थियो । तर, नेकपाले नयाँ सभामुखको उम्मेदवार टुंगो लगाउन सकेन ।

शनिबार साँझ बसेको केन्द्रीय सचिवालय बैठकले उपसभामुखलाई राजीनामा गराउने निर्णय भने गरेको थियो ।

सभामुख चयनको काम अघि बढाउन पहिले उपसभामुखको राजीनामा आउने अनुमान गरिएको थियो । तर, उहाको राजीनामा आएन ।

सोही कारण आइतबार बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख तुम्बाहाङ्फेलाई छलफलका लागि बालुवाटार बोलाउनु भयो । छलफलमा महासचिव विष्णु पौडेल र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल पनि हुनुहुन्थ्थो ।

छलफलको सुरुवातमै तुम्बाहाङ्फेले प्रश्न गर्नुभयो – ‘सभामुखकाे उम्मेदवार तयार नभई मलाई किन राजीनामा दिन भन्‍नुभएको ?’

जवाफमा अध्यक्ष प्रचण्डले निर्देशन होइन सुझाव दिएका हौं भन्नुभयो ।

तुम्बाहाङ्फेले दुई अध्यक्षलाई पार्टीले सभामुखको टुंगो नलगाएसम्म राजीनामा नदिने अडान दोहोर्‍याएको स्रोतले बतायो ।

‘अहिल्यै राजीनामा दिँदा सभामुख चयन लगायतका कामले प्रतिनिधिसभा नेतृत्वविहीन हुन्छ । त्यही भएर तत्कालै राजीनामा नदिएको हूँ । तर पार्टीलाई अप्ठ्यारो पार्ने मेरो नियत होइन, नेकपाले सभामुख नगुमाउने गरी काम गर्छु ’ – उहाले भनाइ उदृत गर्दै स्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहोस