‘बिषादि औषधि हैन विष हाे ‘ सबैले बुझाै ।


साेरिता आचार्य
बिगतकाे झै नेपाल सरकारले यहि पुस २३ गते देखि २९ गतेसम्म घातक विषादीको प्रयोग हटाऔं, जैविक विविधताको संरक्षण गरौं भन्ने नारासहित विषादी प्रयोग मुक्त सप्ताह मनायाे ।
बोटविरुवा, कृषिजन्य पदार्थ, वन तथा वन पैदावार, जीव, पशुपंक्षी तथा जनस्वास्थ्यमा हानी पुर्‍याउने रोग किरा, सुलसुले, झारपात, मुसा लगायतबाट बचाउन प्रयोग गरिने प्राङ्गारिक, वनस्पति, जैविक तथा रसायनिक वस्तुलाई विधेयकले जीवनाशक विषादी भनेर भनिन्छ ।

नेपालमा बालिनालि र घर मा फैलिने हानिकारक कीरा मार्न बिषादि काे प्रयाेग बर्सेनि बढेकाे छ । बर्सेनि ६-७ अर्ब काे बिषादि बैधानिक तबर बाट आयात गरिन्छ खुला सिमना छ अबैधानिक तरिका बाट कति आउछ लेखाजाेखा छैन ।ती बिषादि गाउँ सहरमा जथाभावी बेचबिखन हुने गरेकाे पाईन्छ बेचबिखन काे कुनै रेकर्ड अनुगमन हुदैन सरकारले अहिले कानुन त बनाएकाे छ तर कुनै ब्यापारी , पसले र जथाभावी प्रयाेग गर्ने हरू लाई कारबाही गरियाे भनेकाे सुनिएकाे छैन । त्यहि भएर उपभोक्ताहरू डरै नमानि आफुखुसी बिषादि खरिद गरि मनलाग्दि तरिकाले हचुवा शैलिमा प्रयोग गर्ने गरेका छन् ।

गत बर्षकाे नेपाल सरकार काे तथ्यांक अनुसार नेपालमा प्रत्येक वर्ष प्रतिहेक्टर ३ सय ८६ ग्राम विषादी प्रयोग हुन्छ । भारतमा भने प्रतिहेक्टर ५ सय ग्राम र चीनमा दुई किलो प्रयोग हुने गरेको छ । कृषि मन्त्रालय भने विषादीको प्रयोगबाट हुने जोखिम न्युनिकरणका लागि ठोस उपाय अवलम्बन गर्नुको साटो छिमेकी देश भारत र चीनमा भन्दा कम प्रयोग हुने गरेको तथ्यांकमै रमाइरहेको छ ।

धेरै उत्पादन गर्ने लाेभमा किषान ले हालेकाे बिषादि ले अाफु र तरकारी खाने उपभोक्ता लाई राेगि बनाईरहेका छन् । विषादी प्रयोगपछि पर्खिनु पर्ने समय अगावै तरकारी र फलफूल बजारमा लाने गरेकाले उपभोक्ताले त्यसको मार सहनुपरिरहेको छ । कृषि मन्त्रालयले विषादी प्रयोग सम्बन्धमा किसानलाई आवश्यक शिक्षा दिनै सकेको छैन।
अहिले नागरिक हरूमा जटिल राेग , क्यान्सर मुटुराेग र मृगौला राेग धेरै मा देखापर्नु मा बिषादि काे ठुलाे हात छ । अझ महिला पुरूष दुबैमा बाझाे पन बिकराल रूपमा देखा परेकाे छ । बिषादि ले राज्यमा यति ठुलाे असर गर्दा पनि शासकहरू ले हल्का रूपमा लिइरहेका छन् । सरकार बिषादि काे कारणले लागेका क्यान्सर , मुटु मृगौला राेगिलाई उपचारमा सहयाेग गर्दछ तर बिषादि कन्ट्राेल गर्न जनचेतना फैलाउन त्यति जाेड गरेकाे देखिदैन ।

म अाबद्द संस्था उपभाेक्ता हित संरक्षण मंञ्च नेपाल ले बिगत ९ बर्ष देखि देशकाे विभिन्न ठाउमा बिषादी न्युनीकरण सम्बन्धी उपभोक्ता सचेतना तथा अन्तरक्रिया कार्यक्रम गर्दै अाएकाे छ । २०७६ सालमा पनि देशकाे धेरै ठाउमा उपभाेक्ता सचेतना कार्यक्रम सम्पन्न गरेकाे छ। केही समय पहिला काभ्रे मा हाम्राे मंञ्च ले बिषादि ले जनस्वास्थ्य मा परेकाे असर बारे एक अध्यन गरेकाे थियाे जहाँ १०० जना मा ८० % लाई क्यान्सर , मुटु नसर्ने राेग भेटिएकाे थियाे बास्तब मा भन्नू पर्दा बिषादि बिकराल स्थिति छ हाम्राे देशमा दुख काे कुरा यस बारे धेरै ले चासाे नै दिदैनन् ।

नेपालमा उत्पादन हुने तरकारि र खाध्यन्न मा मात्र हाेईन बिदेश बाट अायात गरिने खाध्यन्न , तरकारिमा पनि बिषादि अत्याधिक मात्र मा प्रयाेग गरेकाे पाईन्छ । अहिले सम्म नेपालमा बिषादि मापन केन्र ले २९ प्ररकारका बिषादि मध्ये २ प्रकारका बिषादि काे मात्र परिक्षण हुने गरेकाे छ । जसकाे फाईदा बिषादि हालेकाे सामान भित्राउने व्यापारी ले उठाईरहेकाे छन् । उपभाेक्ताहरू बीष खाईरहेका छन् ।

गहिरिएर अनुसन्धान गर्दा बिषादि ले बाताबरण र मानव स्वास्थ्यका लागि जटिल खालको समस्या बनेको छ । बिषादि बेच्ने पसलहरू देशभरिमा १००० भन्दा बढि हाेलान् तर दर्ता भएका चाहिँ २०० वटा पनि छैनन् राज्यका निकाय हरू काे अनुगमन देखाउने दात मात्र भएकाे छ।

हाल सालै बनेकाे कानुनमा कृषि उत्पादन बढाउनका लागि विषादी प्रयोग गर्दा अब अनिवार्य रुपमा इजाजतपत्र लिनुपर्ने छ । जीवनाशक विषादीको उत्पादन, निकासी पैठारी, व्यवसायिक प्रयोग, भण्डारण, विक्री वितरण, ओसारपसार, प्याकिङ वा पुनः प्याकिङ वा जीवनाशक विषादी छर्कन चाहनेलाई तीन वर्षसम्मको इजाजतपत्र दिने व्यवस्था गरेको छ । तर कानुन कागजमा मात्र सिमित छ। सबैले बिषादि प्रयाेग खरिद भन्डार गरिरहेका छन्
सरकारले बिभिन्न २१ प्रकारका विषादी प्रयोगमा रोक लगाएको छ । त्यस्ता प्रतिबन्धित बिषादी आयात, प्रयोग वा बिक्रीबितरण गर्नेलाई एक वर्ष कैद, ५० हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था गरेकाे छ ।

मानवस्वास्थ्य र वातावरणमा प्रत्यक्ष असर पर्ने यस प्रकारका बिषादि बस्तु जथाभावी बेचबिखन गर्न पाइदैन र हुदैन तर हाम्रो देशमा सबै पसले लाई छुट छ खाद्यान्न पाईने पसलमा पनि बिषादि पाईन्छ । यहाँ बिषादि बेच्नेसँग मात्र होइन मनलाग्दी किन्ने र मनलाग्दी मात्रा मा प्रयोग गर्ने किसान र उपभोक्तामा पनि सचेतनाको कमी छ । सरकार ले झाडा टार्ने शैली ले हैन परिणाम देखिने गरि जनस्तरमा बिषादि बारे व्यापक जनचेतना फैलाउनु पर्दछ साथै बिक्रि र खरिदमा रेकड राख्ने ब्यवस्था गरि कडाइ गर्नु पर्दछ।

उपभोक्ता हरू ले याे बुझ्नु पर्छ कि बिषादि अाैषधि हैन विष हाे यसकाे सही मात्रा र परिणाम मा प्रयाेग गरे यसले राम्रै काम गर्छ नत्र हामिलाई नै असर गर्छ , मृत्यु काे नजिक पुराउछ। गाउसहरका किसान तथा उपभोक्ता हरू ले बिषादिको गुण चिनेर प्रयोग गर्ने बानि गरेर अाफु र अरूकाे स्वास्थ्य जाेगाउन अग्रसर हुनु पर्दछ। सरकार ले पनि जनचेतना, अनुगमन र कानुन बिपरित अायात बिक्रि र प्रयाेग गर्ने हरूलाई देखिने गरि कडा कारबाहि गर्नु पर्दछ नत्र बिषादि सप्ताह मनाउने चलन श्राद्द मा बिरालाे बाधेकाे जस्तै हुनेछ ।

साेरिता आचार्य
अधिबक्ता तथा उपभोक्ता अधिकारकर्मी

प्रतिक्रिया दिनुहोस