राष्ट्रियसभा निर्वाचनमा नेकपा एेतिहासिक जिततर्फ उन्मुख


राष्ट्रियसभा निर्वाचनमा नेकपाको पक्षमा एेतिहासिक जिततर्फ उन्मुख हुने देखिएको छ । अन्य समूह र महिला सदस्यमा क्रमशः गण्डकी प्रदेशबाट नेकपाका नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने निर्वाचित हुनुभएको छ भने प्रदेश नम्बर- २ मा नेकपाकी तुलसा दाहाल राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनु हुनुभएको छ ।

नेकपा प्रवक्ता रहनुभएका श्रेष्ठले तीन हजार ४६२ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सूर्यप्रसाद रेग्मीले दुई हजार २४४ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी न्यौपाने तीन हजार ३६६ मत प्राप्त गरी विजयी हुुनुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विमला गौचनले दुई हजार ३४० मत प्राप्त गर्नुभयो । अन्य समूहतर्फ राष्ट्रिय जनमोर्चाका शङ्कर बरालले १९८ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयका प्रमुख महेन्द्र सुवेदीले जानकारी दिनुभयो ।

प्रदेश नम्बर- २ मा नेकपाकी तुलसा दाहाल राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको छ । महिलातर्फ काँग्रेस उम्मेदवार नगिना यादवलाई पराजित गर्दै उहाँ निर्वाचित हुनुभएको हो । नगिनाले ४७ सय ४० मतभार ल्याउनुभयो भने तुलसाले ५२ सय ८ मत ल्याउनुभयो । निर्वाचनमा दुई मत बदर भएको थियो ।

आज बिहान १० बजेदेखी साँझ ४ बजेसम्म निर्वाचन कार्यालय परिसरमा भएको मतदानमा कूल मतदाता २३० मध्ये २२८ जनाले मतदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस