राष्ट्रपतिका विज्ञ सल्लाहकार प्याकुरेलद्धारा राजीनामा ( विज्ञप्ती सहित )


काठमाडौं : राष्ट्रपतिका विज्ञ सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिनुभएको छ ।

सभामुख पदको लागि नेकपाले अग्नी सापकोटालाई सभामुख बनाएपछि मुद्दा फिर्ता लिन राजनैतिक दवाव आएको भन्दै उहाँले राजिनामा दिनु भएको उहाँ निकट सुत्रले बताएकोछ। प्याकुरेल ०७४ चैतमा राष्ट्रपतिका विज्ञ सल्लाहकार नियुक्त हुनुभएको थियो ।

मानवअधिकारका क्षेत्रमा कार्यरत प्याकुरेलले माओवादी जनयुद्धका चरणमा भएको हत्यामा अग्नी सापकोटा माथि छानविन गरि पाउँ भनी सर्वोच्च अदालतमा रिट निवेदन दिनु भएको हो।

प्रतिक्रिया दिनुहोस