नेपालको नमिठो हार, ओमानसँग ८ विकेटले पराजित


काठमाडौं । विश्वकप छनोटको रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपाल पराजित भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल ओमानसँग ८ विकेटले पराजित भएको हो ।

नेपालले दिएको २ सय ५० रनको लक्ष्य ओमानले ४७ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

ओमानका लागि अकिब इलयासले पहिलो एकदिवसीय शतक बनाउँदै ओमानको विजय निश्चित गरेका हुन्।

३७ रनमा हुँदा अरिफ शेखले छोडेको क्याचको फाइदा उठाउँदै उनले १०८ बलमा १२ चौका र एक छक्का प्रहार गर्दै १०९ रन बनाए।

प्रतिक्रिया दिनुहोस