दिल्लीमा आम आदमीको शानदार विजय, विकास र जनहितको प्रयोगले मिल्यो जनादेश : केजरीवाल


भारतको नयाँ दिल्लीमा विधान सभाका लागि भएको निर्वाचनमा आम आदमी पार्टी (आप) ले ६२ सीटमा विजय भएको छ ।

कुल ७० सीटको विधान सभामा आपले ६२ सीटमा विजय गर्दा भारतीय जनता पार्टीले जम्मा ८ स्थानमा जीत निकालेको छ । दिल्ली विधान सभामा कङ्ग्रेसले मतगणनाको प्रारम्भिक चरणमा एक दुई स्थानमा अग्रता लिए पनि यो धेरै समय टिक्न सकेन । कडा सुरक्षाको बीचमा शहरभरिका २१ केन्द्रहरूमा मतगणना गरिएको थियो ।

मुख्यमन्त्री केजरीवालको आम आदमी पार्टीले खसेको मत मध्ये ५३.५७ प्रतिशत मत प्राप्त गर्न सफल भयो भने प्रधानमन्त्री नरेन्द्र मोदीको भारतिय जनता पार्टीले ३८.५१ प्रतिशत मत प्राप्त गरेको छ। त्यसै गरि भारतिय कांग्रेसले ४.२६ प्रतिशत मात्र मत प्राप्त गर्यो।

दिल्लीका मुख्य मन्त्री केजरीवाल विधान सभाका लागि भारी मतले बिजय हुनुभएको छ । केजरीवालले ४६ हजार ७५८ मत ल्याउँदा भारतीय जनता पार्टी (भाजपा) का सुनील कुमार यादवले कुल २५ हजार ६१ मत प्राप्त गर्नुभएको छ ।

चुनावमा विजय भएपछी केजरीवाल जनताले विकास र जनहितको प्रयोगलाई मत दिएको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस